नेपालमा पाकिस्तानी नागरिक बन्धक बनाएर २० हजार डलर माग्ने दुई जना पक्राउ

काठमाडौं, २० असोज । क्यानडा पठाउने भन्दै नेपाल बोलाएर पाकिस्तानी नागरिकलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेका जेसन मोहम्मद र ताज रजवाज पनि पाकिस्तानी नागरिक हुन् । प्रहरीका अनुसार उनीहरुले फैजान अहमदलाई नेपालको बाटो हुँदै क्यानडा पठाउने भन्दै नेपाल बोलाएका थिए ।विमानस्थलबाट आफूलाई सिभिल होम्समा लगेर बन्धक बनाएको फैजानले प्रहरीसमक्ष बताएका छन् । उनका अनुसार जेसन र ताजले बन्धक बनाएर पाकिस्तानस्थित परिवारलाई म क्यानडा आइपुगे, २० हजार डलर दिनुस् भन्न लगाएका थिए ।उनीहरुबाट फुत्किएका फैजानले खबर गरेपछि दुबैलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति