गाई–गोरुको मासु खान पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, २० असोज । गाई–गोरुको मासु खान पाउनुपर्ने माग गर्दै ‘विभेदकारी कानुन खारेजी संघर्ष समिति’ले काठमाडौंमा प्रदर्शन गरेको छ ।माइतीघर मण्डलामा बुधबार प्लेकार्डसहित विरोधमा उत्रिएका युवाहरुले ‘गाई–गोरु बध गरेमा’ तीन वर्षसम्मको कैद सजायको व्यवस्था गरिउको मुलुकी अपराध संहिता ऐन २०७४ ले मानवअधिकार हनन नगरेको बताएको छ ।सो संघर्ष समितिका संयोजक मोक्तान थेवाले गाई–गोरुको मासु खानेलाई अपराध करार गर्दै कारवाही गर्नुले कुनै पनि व्यक्तिले न्यूनतम खाद्य एवं आहार उपभोग गर्न पाउने मानवअधिकार र मौलिक हकको हत्या गरेको बताए । उनीहरुले ‘हाम्रो जुजु बाजेले खाए, हाम्रा बाउ बाजेले खाए, त्यसपछि उनीहरु आए र हामीलाई जेल हाल्ने कानुन बनाए’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति