चीन-ताइवान सैन्य तनाव ४० वर्षयताकै उत्कर्षमा : ताइवान

काठमाडौं, २० असोज । चीनसँगको तनाव ४० वर्षयताकै उच्च विन्दुमा पुगेको ताइवानी रक्षामन्त्रीले बताएका छन्। चीनले अहिलेसम्मकै ठूलो संख्यामा लडाकु विमान ताइवान टापुको हवाई प्रतिरक्षा क्षेत्रमा पठाएपछि रक्षामन्त्री चिउ कुओ चेङले यस्तो टिप्पणी गरेका हुन्।
चीन सो टापुलाई आफ्नो अभिन्न हिस्सा मान्छ भने ताइवान आफूलाई स्वतन्त्र मुलुकका रुपमा चिनाउन खोज्छ।चीनले बलप्रयोग गरेर ताइवानलाई मुख्यभूमिमा मिसाउन सक्ने सम्भावनालाई नकारेको छैन।ताइपेइमा संसदस्य समितिमा बोल्दे चिउले तनाव बढेको बताएका हुन्। अर्बौँ डलरको क्षेप्यास्त्र र युद्धपोत किन्ने अनुमति दिने विधेयक अहिले संसदमा छ। ताइवान सरकार स्वतन्त्रता घोषणाको दिशातर्फ बढ्दै गएको, अमेरिकी चलखेल वृद्धि भएको लगायतका कारणले बेइजिङ चिन्तित भएको विश्लेषकहरु बताउँछन्। बीबीसी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति