ईपीएल क्रिकेट : क्वालिफायरमा चितवन र पोखरा खेल्दै, एलिमिनेटरमा काठमाडौं र भैरहवा खेल्दै

काठमाडौं, २० असोज । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज बुधवार दुई खेल हुँदैछन् । आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुनेछ ।क्वालिफायरमा कीर्तिपुर मैदानमा चितवन टाइगर्स र पोखरा राइनोज बिहान साढे ९ बजे खेल्दैछन् । चितवन शीर्ष स्थानमा र पोखरा दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेका हुन् । यो खेलको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर खेल्नुपर्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ ।यस्तै आज हुने एलिमिनेटरमा काठमाण्डौ किङ्स इलाभेन र भैरहवा ग्लाडियटर्स दिउँसो साढे १ बजे खेल्दैछन् । ईपीएलको दोस्रो क्वालिफायर भोलि बिहीवार र फाइनल असोज २३ गते शनिवार हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति