अर्थ मन्त्रालयले माग्यो सरकारी गाडीको विवरण

काठमाडौं,१९ असोज । अर्थ मन्त्रालयले सरकारी गाडीको विवरण माग गरेको छ । संसदको दिगो विकास तथा सुसासन समितिमा अर्थमन्त्री जनार्दन शर्माले पुराना गाडी कति कुन अवस्थामा छन् भन्ने विवरण आफूले माग गरेको जानकारी दिए ।

अर्थमन्त्री शर्माका अनुसार अर्थ मन्त्रालयमा नयाँ गाडी किन्न मन्त्रालय तथा विभिन्न निकायबाट अहिले पनि माग हुने गरेको छ । उनले भने, ‘सरकारी सम्पत्ति कति छ थाहा छैन, गाडी किन्ने माग अहिले पनि आइरहन्छ, त्यसैले मैले सरकारी गाडीको लिस्ट मागेको छु ।’

नेपाल सरकारलाई कति गाडी चाहिने र त्यस अनुसार उपलब्ध भए–नभएको निश्चित भएपछि मात्र आवश्यकता देखिएमा नयाँ गाडी किन्ने उनको भनाइ छ । ‘गाडी चाहियो भन्छन्, ‘उनले भने कति चाहिने हो, त्यो रेकर्ड चाहियो, रेकर्ड कतै भेटिँदैन, किन्दै जाने, कहाँ चलाइरहेको छ, थाहा नहुने रु’ सरकारी निकायले भएका गाडी सिंहदरवारमा थन्काएर नयाँ माग गर्ने प्रवृत्ति भने पुरानै हो । यसअघि अघिल्लो सरकारले नै सरकारी सवारी साधनको विवरण संकलन गर्ने बताए पनि काम भन गरेको थिएन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति