मुलुकको अर्थतन्त्र धान्ने श्रमिकहरूको सही सम्मान हुनुपर्छ – एनआरएनए उपाध्यक्षका उम्मदेवार शर्मा

काठमाडौं, १९ असोज । गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशन नजिकिँदै गर्दा विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्न सुरु भएको छ। यसै क्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद् (२०२१ २०२३) का लागि उपाध्यक्ष पदमा आरके शर्माले उम्मेदवारी दिएका छन्।

कतारमा रहेर व्यवसाय गर्दै आएका शर्माले सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार, गैरआवासीय नेपाली नागरिकता, रेमिट्यान्सको सही सदुपयोग र लगानी, स्वदेशमा पर्यटन प्रवर्द्धन, विदेशमा नेपाल चिनाउने, एनआरएनएमा सबैको स्वामित्व, गोर्खाजको सम्मानित अधिकार र राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचान गर्नेलाई अगाडि बढाउने दाबी गरेका छन्। वैदेशिक रोजगारमा रहेका मध्यपूर्व, मलेसिया, दक्षिण कोरिया, जापान, अफ्रिकालगायतका देशमा रोजगार गर्ने नेपाली कामदारका मुद्दालाई पहिलो प्राथमिकतामा राख्ने उनले दाबी गरेका छन्। मुलुकको अर्थतन्त्र धान्ने श्रमिकहरूको सही सम्मान हुन नसकेको जनाउँदै देश धान्ने हिरोहरूको मुद्दा एनआरएनएको सर्वाधिक महत्वको विषय हुनुपर्नेमा उनले जोड दिएका छन्।

त्यस्तै, उपाध्यक्षका दाबेदार शर्माले संविधानले प्रत्याभूत गरेको गैरआवासीय नागरिकताको हकलाई कानुन बनाई कार्यान्वयनमा ल्याउन संघको तर्फबाट लबिङ गर्नेसमेत बताए। विदेशबाट पठाएको रेमिट्यान्सको ६० प्रतिशतभन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। देश विकासको रामबाण मानिने रेमिट्यान्सलाई अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा योगदान पुर्‍याउने वातावरण बनाउन आफू प्रतिबद्ध रहेकोसमेत उनले बताए।

साथै १० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फन्डमा विशेषगरी श्रमिक वर्गको लगानी सुनिश्चितता गर्ने उनले दाबी गरेका छन्। शर्मा यसअघि संघको मध्यपूर्व क्षेत्रको संयोजक थिए। त्यस्तै, आइसिसीको सचिव पदमा समेत रहेर उनले काम गरिसकेका छन्। आज हामी उनै संग गरिएको विषेश कुराकानी एवीसी टेलिभिजनमा आज राती ९ बजे प्रशारण गरिने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति