कांग्रेस जिल्ला अधिवेशन- पौडेल पक्षको अग्रता (काहाँ कति सूचिसहित)

काठमाडौं , १९ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले अग्रता बढाएको छ ।

हालसम्म १० जिल्लाको अधिवेशन सम्पन्न भएका छन् । जसमध्ये ६ जिल्लामा पौडेल पक्षका नेता सभापति निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षले ४ जिल्लामा नेतृत्व हात पारेको छ ।

देउवा पक्षका जिल्ला सभापतिहरू

१. शंकर गुरुङ, मनाङ
२. मोहनविक्रम सिंह, हुम्ला
३. गजेन्द्र तुम्याहाङ, ताप्लेजुङ
४. पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप

पौडेल पक्षका जिल्ला सभापतिहरू

१. रोमी गौचन थकाली, मुस्ताङ
२. अम्मबहादुर शाही, कालीकोट
३. केशरमान रोका, रुकुमपूर्व
४. दीपक खड्का, संखुवासभा
५. नन्दप्रसाद न्यौपाने, गोरखा
६. बर्मा लामा, दोलखा

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति