सात आपूर्तिकर्ता र निर्माण व्यवसायी कालो सूचीमा

काठमाडौं,१९ असोज । सरकारले सात आपूर्तिकर्ता र निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सार्वजनिक सूचना जारी गरी तोकिएको अवधिभित्र आपूर्ति नगर्ने तथा निर्माणको काम सम्पन्न नगर्ने सात फर्मलाई एकरएक वर्षका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

कालोसूचीमा पर्नेमा बाँकेको विपिन भेट सेन्टर, काठमाडौंको ल्यान्ड्रिङ निर्माण सेवा, रुपन्देहीको कक्षपति निर्माण सेवा, भारतको महाराष्ट्रको एमएस इन्डो इन्जिनियरिङ प्रोजेक्ट कर्पोरेसन, काठमाडौंको रचना ट्रेड इन्टरनेसनल, काठमाडौंकै धादिङ नीलकण्ठ निर्माण सेवा एण्ड सप्लायर्स र भरतपुरको एडभेन्चररदि आनन्द जेभी रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति