लागुपदार्थ दुव्र्यसनिमा पक्राउ परेका शाहरुखका छोरा भेट्न गए सलमान

एजेन्सी/ ‘मुम्बई क्रुज ड्रग्स छापा’मा मुछिएपछि भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोले शनिबार शाहरुखका छोरा आर्यन खानलाई लागुपदार्थ प्रकरणमा पक्राउ गरेको छ। आर्यनलाई पक्राउ गरेपछि आइतबार राती अभिनेता सलमान खान शाहरुखको बंगला मन्नत पुगेका थिए। सलमान अचानक शाहरुखको घरमा उनलाई भेट्न पुगेको इन्डिया टुडेले जनाएको छ।

अष्ट्रियामा आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङ सक्काएर सलमान केही दिनअघि मात्र भारत फर्किएका थिए। यता आर्यनलाई एनसीबीले पक्राउ गरेपछि उनले यो घटनाक्रममा नजर राखिरहेका छन्। स्रोतका अनुसार आइतबार राती सलमान केबल शाहरुखलाई समर्थन गर्न उनको घर गएका हुन्। सलमानको अपार्टमेन्ट मन्नतभन्दा केही दुर मात्र टाढा छ। इडिन्या टुडेका अनुसार सलमान र शाहरुख आफ्ना आउँदो नयाँ फिल्महरुमा सँगै देखिने छन्। सलमानको फिल्म ‘टाइगर ३’मा शाहरुखले क्यामियो गर्नेछन्। यसैगरी शाहरुखको नयाँ फिल्म ‘पठान’मा पनि सलमानलाई क्यामियोको रुपमा देखिने हल्ला छ।

तै सलमानको सो भेटमा कामको कुरा नभएको स्रोतले जनाएको छ। सलमान र शाहरुखको मित्रता केही वर्ष यतादेखि गहिरो हुन थालेको हो। यसअघि मनमुटावको कारण यी दुई अभिनेताको बोलचाल समेत हुँदैन थियो। सलमानसँगै अहिले बलिउडका अन्य ठूला सुपरस्टारहरुले शाहरुखलाई फोन गरेर उनलाई समर्थन व्यक्त गरिरहेका छन्।

लागुपदार्थ प्रकरणमा आर्यनसँगै उनका दुई साथी अर्बाज मर्चेन्ट र मुनमुन धामेचापनि पक्राउ परेका छन्। यी तीनजनालाई आज अदालतमा पेश गरिने छ। आर्यनका वकिल सतीश मनेशिन्देले उनलाई जमानतमा छुट्टाउनका लागी आवेदन दिने बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति