एमालेमा सूर्य चिह्न र मदन भण्डारीको विरासत मात्र – अध्यक्ष प्रचण्ड

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा अहिले विचार र सिद्धान्त केही नभएको टिप्पणी गरेका छन् ।सोमबार पार्टीको वुद्धिजीवि संगठनको कार्यक्रममा उनले एमालेमा सूर्य चिह्न र मदन भण्डारीको विरासत मात्र भएको जिकिर गरे ।‘एमालेमा विचार सिद्धान्त हुँदैन, त्यही सूर्य चिह्न छ, मदन भण्डारी भन्ने छन् । मदन भण्डारीको ठाउँमा केपी अ‍ेली बनाउन खोजिएको छ’ उनले भने, ‘विचारमा बहस हुँदैन । सबैले आफ्नो पद प्रतिष्ठाको लागि काम गर्ने गरेका छन् । त्यही स्वार्थका लागि मिल्छन् ।’एमालेको दोस्रो पुस्ता विचारमा प्रष्ट रहेको भन्ने आफूहरुलाई भ्रम भएको प्रचण्डले बताए । दोस्रो तहका नेताहरु विचारमा चोट्टा रहेछन् भनेर हामीले आशा गर्‍यौं, नारायणकाजीजी र मैले त तिनीहरुसँग धेरै मेहनत गरेका छौं’ उनले भने, ‘पछि त तिनका विचार सिद्धान्त यही लोगोमा गएर आत्मसमर्पणमा टुंगियो । के को विचार ? प्रचण्डले माओवादी केन्द्र पनि यस्तै हुने खतरा रहेको भन्दै त्यसबाट बचाउनुपर्ने चुनौती रहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति