काठमाडौं, असोज १८ ।लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आगामी चुनावमा जनता समाजवादी पार्टीसँग गठबन्धन नगरिने बताएका छन् । हमतोले जसपाले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम गरेको भन्दै आगामी निर्वाचनमा गठबन्धन गर्न नसकिने दावी गरेका छन् ।सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरुले एकता गरेर बलियो पार्न खोजे पनि उपेन्द्र यादवहरुले निर्वाचन आयोगमा गएर फुटाइदिएको आरोप लगाए । उनले जसपाबाहेकको अन्य लोकतान्त्रिक पार्टीसँग तालमेल हुन सक्ने बताए ।
सरकारमा जाने सम्भावना छैन स् अध्यक्ष ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु तत्काल सरकारमा जाने सम्भावना नभएको बताएका छन् ।
अध्यक्ष ठाकुरले सरकारमा सहभागी हुन कुनै अफर नआएको र आफूहरुले पनि माग नगरेको बताए । ‘हाम्रो प्राथमिकता माग र मुद्दा हो’ उनले भने, ‘हामीले हाम्रो मुद्दाको सम्बोधन होस् भन्न चाहेका हौं ।’
तत्कालिन नेकपाको बहुमत सरकार आफ्नै पार्टीका कारण ढलेको र अहिलेको गठबन्धन सरकारमा पनि विवाद शुरु भएको अध्यक्ष ठाकुरले बताए ।
‘एमसीसीलाई लिएर तथा मन्त्रिपरिषदमा भागबण्डालाई लिएर विवाद शुरु भएको छ’ ठाकुरले भने, ‘सबै खेल सत्ताकै लागि भइरहेको छ । हामी भने मुद्दा सम्बोधनको पक्षमा छौं ।’
प्रतिक्रिया