कालो झन्डा देखाउनेसँग कांग्रेस डराउँदैन नेता कोइराला

काठमाडौँ, १७ असोज । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले कालो झन्डा देखाउनेसँग कांग्रेस नडराउने बताए । देउवा समूहका नेता कार्यकर्ताले कालो झण्डा देखाएपछि डा. कोइरालाले कालो झण्डा देखाउनेसँग कांग्रेस नडराउने बताएका हुन । उनले नेतृत्वको कारण अहिले कांग्रेसका आन्तरिक लोकतन्त्र नभएको अवस्थामा पुगेको पनि बताए । नेता कोइरालालले भने – ‘साथीहरुले कालो झण्डा देखाउनु भयो । कालो झण्डासँग कांग्रेसका नेता कार्यकर्ता डराउँदैनन्,’ डडेल्धुराकै टुँडिखेलमा गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएको घटना स्मरण गर्दै उनले भने, ‘उहाँ (गिरिजां) तर्सनु भएको थिएन । उहाँ भाग्नु भएन । कांग्रेस लोकतान्त्रिक पार्टी भएकोलेले कालो झन्डा देखाउनेहरूलाई हामीले स्वागत गर्न सक्नुपर्छ ।’ कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले पनि भेला बिथोल्न खोजेको तर सफल नभएको बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेतालाई कालोझण्डा देखाइएको थियो । डडेल्धुरामा क्रियाशील सदस्यताको विषयमा विवाद छ । सभापति देउवाले एकलौटी ढंगले भदौ २५ गते वडा तहको अधिवेशन सम्पन्न गरिसकेका छन् ।

संस्थापन इतर समूहले भने उक्त अधिवेशन अस्वीकार गरेको छ । जिल्ला सभापति कर्ण मल्ललगायतले अधिवेशन बहिष्कार गरेका थिए । इतर समूहले पुनःवडा तहको अधिवेशन माग राखेर ११ दिनदेखि रिले अनशन गरेको थियो । आज नेताहरु अर्जुननरसिंह केसी र शेखर कोइराला र गुरूराज घिमिरेलगायतका नेताको अनशन भने स्थगित भएको छ । तर, दशैँपछि पुनः धर्नालाई निरन्तरता दिने भनिएको छ । उपस्थितिमा दसैंसम्मका लागि अनसन स्थगित गरिएको छ। ुसंस्थापन पक्षक‍ो एउटा सानो समूहले नेपाली कांग्रेस डडेल्धुराले आयोजना गरेको ूबृहत कार्यकर्ता भेलाू लाई बिथोल्न गरेको पटक(पटकको प्रयास सफल हुन सकेनु उनले फेसबुकमा लेखेका छन् । नेतृत्वले गलत गरेको बेलामा खबरदारी गरेर सही बाटो देखाउने काम कार्यकर्ताले गर्नुपर्ने भन्दै उनले सत्यको बाटो नछोड्न पनि अपिल गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति