देउवाको गृह जिल्लामा आयोजित कार्यकर्ता भेलामा झडप

काठमाडौँ, १७ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा आयोजित पार्टीको कार्यकर्ता भेलामा झडप भएको छ । क्रियाशील सदस्यताको विषयमा असहमति जनाएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा देउवा पक्ष पनि प्रवेश गर्न खोज्दा झडप भएको हो ।

झडपका क्रममा दुवै पक्षका केही नेता कार्यकर्ता समान्य घाइते भएका छन् । तर जिल्ला प्रहरी कार्यालय डडेल्धुराले भने दुवै पक्षबीच समान्य वादविवाद मात्र भएको जनाएको छ ।झडपका कारण केहीबेर सभा विथोलिएको थियो । भेलालाई सम्बोधन गर्न कांग्रेस नेता डा। शेखर कोइराला, अर्जुननरसिंह केसी र गुरुराज घिमिरे डडेल्धुरा पुगेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति