काठमाडौं, १७ असोज । नेकपा एमालेले पार्टीको लोगोमा परिमार्जन गरेको छ । विधान महाधिवेशनबाट पार्टीले यसअघि प्रयोग गर्दै आएको लागोमा परिमार्जन गरेको हो ।अब एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने उपमहासचिव विष्णु पौडेलले जानकारी दिए । यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा थियो ।अब यो लोगो नै पार्टीको आधिकारिक हुने पौडेलले बताए ।
एमालेले गर्यो लोगो परिवर्तन, अब सूर्यभित्र हँसिया हथौडा पनि
प्रतिक्रिया