काठमाडौं ,१७ असोज । महानगरीय प्रहरी अपराध महाशाखाले अवैध रुपमा पटका, आतिसबाजी जन्य पदार्थको भण्डारण गर्ने कार्यमा संलग्न रहेको आरोपमा रामनगर गाउँपालिका–१ सर्लाही घर भइ हाल काठमाडौंको कागेश्वर बस्दै आएका ३० वर्षीय कामेश्वरप्रसाद यादवलाईपक्राउ गरेको छ । यादवल उपत्यका बाहिरबाट विभिन्न मितिमा गैरकानुनी रुपमा विजया दशमी तथा दीपावलीलाई लक्षित गरी लुकाइ–छिपाइ पटाका, भुइचम्पा लगायतका आतिसवाजीजन्य विष्फोटक पदार्थहरु भण्डारण गरेको प्रहरीले दाबी गरेका छन् ।२५ केजी तौल भएकोगमला पटाका १ बोरा, स्पेशल फ्लावरकोन पटाका४२० केजीको ११ कार्टुन्, हाइड्रो फोइल्स फटाका ५४ केजीको ३ कार्टुन, झ्यारझ्यारे पटाका १०९२ केजीको ९१ कार्टुन, रोल क्याम्पस पटाका १५ केजीको १ कार्टुन, ग्राउण्ड चक्र पटाका १२० केजीको ४ वटा कार्टुन, स्पाइनर पटाका ९६ केजीको ४ वटा कार्टुन, हाइड्रो बम पटाका ७५ केजीको ३ वटा कार्टुन, विभिन्न पटका मिसिएको १२० केजीको ६ वटा बोरा, नगद ९० हजार र एक थान मोबाइलप्रहरीले यादबको साथबाट बरामद गरेको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विस्फोटक पदार्थ सम्बन्धित कसुर अन्तर्गतको मुद्दामा यादबलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको अपराध महाशाखाले जनाएको छ ।
पटका भण्डारण कार्यमा संलग्न आरोपीलाई प्रहरीद्धारा पक्राउ
प्रतिक्रिया