काठमाडौं , १७ असोज । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण सात लाख बढी मृत्यु भएको छ । पछिल्लो समय अमेरिकाले कोरोना खोपमा जोड दिँदै आएको र १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना खोप लगाउन व्यवस्था गरेको भए पनि लाखौं अमेरिकी नागरिकलेकोरोना खोप लिन अस्वीकार गरिरहेकालेपनिपछिल्लो साढे तीन महिनामा एक लाख मानिसको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
सबैभन्दा पहिला आफ्ना नागरिकहरुलाई अमेरिकाले कोरोना खोप सुनिश्चित गरेकाले सबैभन्दा पहिला अमेरिका यो महामारीबाट बाहिर आउन सक्ने अनुमान सुरुमा गरिएको थियो तर स्थिति विपरीत छ । यो अवधिमा निकै संक्रामक मानिएको डेल्टा भेरियन्टसहितको संक्रमण फैलिएकाले मृत्यु हुनेको दरमा पनि उल्लेख्य वृद्धि भएको जानकारहरुले बताएका छन् भने सबैभन्दा धेरै मानिसको मृत्यु फ्लोरिडा राज्यमा भएको छ । जुन महिनाको मध्ययता फ्लोरिडामा मात्र कोरोना संक्रमणको कारण १७ हजार जनाको मृत्यु तथा टेक्सासमा १३ हजारभन्दा धेरैको मृत्यु भएको छ । मृत्यु हुने एक लाखमध्ये ७० हजारभन्दा धेरै खोप नलगाएका मानिसहरु थिए । खोप लगाएका मानिसलाई पनि खोप नलगाएका मानिसबाट कोरोनाका संक्रमण सरी मृत्यु भएको थियो । खोप कार्यक्रम प्रभावकारी बनाउन सकेको भए मृत्यु हुनेमध्ये ९० प्रतिशतको ज्यान बचाउन सकिने जानकारहरुले बताए ।
प्रतिक्रिया