कोरोना संक्रमण तीव्र बनेको भन्दै ब्राजिलमा राष्ट्रपतिविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौं, १७ असोज ।  राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा ब्राजिलमा हजारौँले प्रदर्शन गरेका छन्।ब्राजिलको दोस्रो ठूलो सहर रियो दि जेनेरियो लगायत १ सय ६० सहरमा राष्ट्रपतिविरुद्ध एकसाथ प्रदर्शन भएको हो।

विपक्षी दल र ट्रेड युनियनको संयुक्त आह्वानमा ब्राजिलका नागरिकले राष्ट्रपति विरुद्ध प्रदर्शन गरेका बीबीसीले जनाएको छ।

राष्ट्रपति बोल्सोनारोको लापर्बाहीकै कारण ब्राजिलमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएको विपक्षीको आरोप छ। त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट ६ लाखभन्दा धेरैको ज्यान गुमाइसकेका छन्। राष्ट्रपतिको असक्षमताकै कारण देशमा भ्रष्टाचार, गरिबी, भोकमरीको समस्या बढेको आरोपसमेत विपक्षी दलले लगाएको छ। लोकतन्त्रको रक्षाका लागि पनि नागरिकलाई सडकमा उत्रन विपक्षी दलले आह्वान गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति