नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार

काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सुधार आएको छ । थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत नेता पुनको स्वास्थ्य अवस्थामा सुधार आएको उनको पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।

चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्यधिक जण्डिसको मात्रा अहिले केही घटेको छ । सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १।५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अनियन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक गएर उपचार गर्न सुझाव दिएका थिए ।

चिकित्सकले नयाँ औषधि चलाएपछि पहिले भन्दा अहिले अवस्था सामान्य रहेको उनले बताइन् । यद्यपि बान्ता भने नरोकिएको जानकारी उनले दिइन् । खाना खान मन नलाग्ने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ । जण्डिसको मात्रा अत्यधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल लगिएको थियो । तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति