काठमाडौं, १७ असोज । फलामे छडको मूल्य घटेको छ । नेपाल फलामे छड उत्पादक संघले छडको मूल्य घटाएको हो । सरकारले गएको भदौ २५ गते ल्याएको बजेट प्रतिस्थापन विधयेकबाट स्पन्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने व्यवस्थासँगै छडको लागत प्रतिकिलोग्राम चार रुपैयाँले घटेको र सोहीअनुसार उपभोक्तालाई पनि प्रतिकिलोग्राम चार रुपैयाँले मूल्य घटाइएको संघले जनाएको छ।
बजेटपछिका तीन हप्तामा अन्तर्रास्ट्रिय बजारमा फलामे छडको कच्चापदार्थ बिलेट तथा बिलेटको कच्चापदार्थ स्पन्ज आइरनमा १२ प्रतिशत बढीले मूल्य वृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रतिकेजी चार रुपैयाँ घटाई फलामे छड बिक्री–वितरण गर्न संघले उद्योगीहरूलाई आग्रह गरेको छ।
प्रतिक्रिया