कांग्रेस महाधिवेशन : मुस्ताङ जिल्ला सभापतिमा गौचन सर्वसम्मत

काठमाडौँ, १६ असोज । कांग्रेसको मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनले गौचनलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो ।गौचन पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत पहिलो जिल्ला सभापति बनेको कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।‘मुस्ताङको जिल्ला अधिवेशन सकिएको छ । पूर्वमन्त्री गौचन सर्वसम्मत सभापति चुनिनुभएको छ, १४ औँ महाधिवेशन अन्तर्गत उहाँ नै पहिलो जिल्ला सभापति हो,’ नेता पौडेलले भने । जिल्ला सभापतिमा चुनिएका गौचन पूर्ववाणिज्य मन्त्री समेत हुन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग नजिक छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति