बाबुराम भट्टराई र खगेन्द्र संग्रौलाको कटाक्ष : एमाले महाधिवेशन निभ्ने बेलाको बत्ती, ६ हजार भक्तको दासत्वकरण

काठमाडौं, १६ असोज । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेले जनतालाई भ्रममा राख्न खोजेको आरोप लगाएका छन् । उनले एमालेको विधान महाधिवेशनलाई निभ्ने बेलाको बत्तीको संज्ञा दिएका हुन् ।

एमाले महाधविशेनमा व्यक्तिपूजाको झलक देखिएको भन्दै यसले स्टालिन, हिटलर र फासिवाद जन्माउने भट्टराईको भनाइ छ । शनिबार बिहान ट्विटरमा उनले लेखेका छन्, ड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तस् स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।चेतना भया ।

यसैवीच बरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले पनि संग्रौलाले टिप्पणी गर्न छुटाएनन् । संग्रौलाले केपी ओलीमाथि कटाक्ष गर्दै भनेका छन्, ‘बालकोट–गोदावरी बाटाभरि ओलीका फोटैफोटा । लामबद्ध भक्तद्वारा ओलीको गोदावरी सवारी चलान । मञ्चमा न मार्क्स, न पुष्पलाल । मञ्चमा केवल ओली, बोतलमा ओली ।’ संग्रौला अगाडि भन्छन्, ‘६ हजारको भीडमा एक राजा, अरू प्रजास एक देवता, अरू दास । एक प्रभु ओलीको देवत्वकरणमा ६ हजार भक्तको दासत्वकरण । हैट, कम्निस्ट नामको यो कलङ्क ’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति