विश्वभर कोरोनाबाट एकैदिन ४ लाख ६४ हजार बढी मानिस संक्रमित, मृत्यु ७ हजार जनाको मृत्यु

काठमाडौं, १६ असोज।  विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ६४ हजार १४१ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअुनसार यही अवधिमा ४ लाख ३२ हजार ९७५ जना निको भएका छन् भने ७ हजार २५३ जनाको मृत्यु भएको छ ।

थपिने संख्या लगातार अमेरिकामा सबैभन्दा छ । जहाँ एक लाख १६ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी बेलायतमा ३५ हजार ५७७, टर्कीमा २८ हजार ८७३, रुसमा २४ हजार ५२२, भारतमा २३ हजार ९१६ र ब्राजिलमा १८ हजार ५७८ जना संक्रमित थपिएका छन् ।

यस्तै अमेरिकामा ८२ हजार ३१६ जना संक्रमणमुक्त हुँदा बेलायतमा ३१ हजार, टर्कीमा २६ हजार, भारतमा २५ हजार, रुसमा १९ हजार बढी निको भएका छन् ।

अमेरिकामा मात्रै एक हजार ८०३ जना संक्रमितको मृत्यु भएको छ । रुसमा ८८७, ब्राजिलमा ४९२, भारतमा २३३, टर्कीमा २१०, बेलायतमा १२७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

यससँगै विश्वभर कुल संक्रमितको संख्या साढे २३ करोड नाघेको छ भने २१ करोड १७ लाख ७७ हजार ६०२ जना निको भइसकेका छन् । हालसम्मको मृतकको संख्या ४८ लाख ५ हजार ११ रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति