काठमाडौँ, १५ असोज । नेकपा एमालेका नेता भीम रावले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन लागिपर्नु रहस्यमय भएको बताएका छन् । देशको साधन स्रोतको सदुपयोग र स्वाधीनता प्रति चासो नराख्नेहरूले नेपालको स्वाधीनता र स्वतन्त्रतामा आघात पार्ने एमसीसी पास गर्न खोजेको रावलको आरोप छ । ुदेशको साधन स्रोतको सदुपयोग र स्वाधीनता प्रति चासो नराख्नेहरू नेपालको स्वाधीनता र स्वतन्त्रतामा आघात पार्ने एमसीसी सम्झौता अनुमोदन गर्न लागिपर्नु रहस्यमय छ, उनले भने, संसद्मा संकल्प प्रस्ताव ल्याई उक्त सम्झौता अनुमोदन गर्ने भन्नु महाकाली सम्झौता गर्दाको संकल्प प्रस्ताव झैं झुक्याउने कुरा हो ।

प्रतिक्रिया