एमाले विधान महाधिवेशन : बाधा अड्काउ फुकाउ प्रस्ताव पारित

काठमाडौं, १५ असोज।  नेकपा एमालेको विधान महाधिवेशनबाट बाधा अड्काउ फुकाउ प्रस्ताव पारित गरेको छ । महाधिवेशनमा उपमहासचिव एवम् संगठन विभागका प्रमुख विष्णु पौडेलले बाधा अड्काउ फुकाउने प्रस्ताव पेस गरेका थिए ।

विधान महाधिवेशनले त्यसलाई पारित गरेको हो । पौडेलले पार्टी विधानको धारा १५ (क) र धारा १९ (क) मा उल्लेखित व्यवस्थालाई खारेज गर्दै विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिसम्बन्धी व्यवस्था गरेको बाधा अड्काउ फुकाउ प्रस्ताव पेस गरेका थिए । गत असोज ८ र ९ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले बाधा अड्काउ फुकाउने निर्णय गर्दै राष्ट्रिय प्रतिनिधि परिषद्को व्यवस्थालाई हटाएर विधान महाधिवेशनको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति