काठमाडौं , १५ असोज । संयुक्त राष्ट्र संघका ७ जना कर्मचारीहरुलाई इथियोपिया सरकारले आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै देश निकाला गरेको छ ।
राष्ट्रसंघका कर्मचारीहरुले सरकारी सेना र टिग्रे पिपुल्स लिबरेशन फ्रन्टबीच चर्किएको लडाइँका कारण टिग्रे क्षेत्रमा मानवीय संकट देखिएको तर मानवीय सहायता पुर्याउन इथियोपिया सरकारले असहयोग गरेको आरोप लगाएका पछि इथियोपियाले राष्ट्रसंघीय बाल कोष (युनिसेफ), मानवीय सहायता संयोजन कार्यालय लगायतका ७ जना कर्मचारीहरुलाई ७२ घण्टाभित्र देश छाड्न आदेश दिइएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघले इथियोपियाको यो निर्णयप्रति दुःख व्यक्त गरेको छ भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले यो घटनाबाट आफू स्तब्ध बनेको बताएका छन् । यद्यपि इथियोपियाले अपेक्षाबारे छलफल गर्न आफूहरु तयार रहेको पनि संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् । द्धन्दग्रस्त क्षेत्र टिग्रेमा लडाइँमा परी हजारौं मानिस मारिएका छन् भने कैयौं विस्थापित हुन पुगेका छन् ।
प्रतिक्रिया