फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई जेल सजायको फैसला

पेरिस, १५ असोज । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ । सन् २०१२ मा राष्ट्रपतिमा आफु पुनः निर्वाचित हुनका लागि सहयोग पुग्नेगरी चलाइएको अभियानमा अवैधानिक रुपमा सहयोग गरेको आरोप उनलाई लगाइएको थियो ।
सोही आरोपका आधारमा अदालतले उनलाई दोषी ठहर गर्दै एक बर्ष कारागार राख्नुपर्ने सजाय बिहीबार सुनाएको हो । सार्कोजी संलग्न भएको गलत ठानिएको यो दोस्रो घटना हो । यसअघि अर्को एउटा प्रकरणमा पनि उनको संलग्नता पुष्टि भएको थियो ।त्यो घटनाका कारण ६६ बर्षीय सार्कोजीलाई गत मार्चमा तीन बर्षे जेल सजाय तोकिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति