राप्रपा पनि गठबन्धनमा सामेल भएर चुनावमा जान्छ : अध्यक्ष राणा


काठमाडौं, १५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले ठूला दलले जनताको म्यान्डेटअनुसार काम गर्न नसकेको बताएका छन् । विहिवार आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष राणाले तत्कालीन नेकपा नेतृत्वको सरकारले जनताका पक्षमा उल्लेख्य काम गर्न नसकेको र वर्तमान सत्ता गठबन्धनले पनि त्यस्तो काम गर्ने कुनै सकारात्मक सङ्केत नदेखाएको जिकिर गरे ।अध्यक्ष राणाले आगामी निर्वाचनमा साना पार्टीलाई जनताले विजयी गराउनुपर्ने तर्क राख्दै आफ्नो पार्टी कुनै न कुनै गठबन्धनमा सामेल भएर निर्वाचनमा लड्ने जनाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति