एबीसी टेलिभिजनको आयोजनामा नेपाल एजुकेसन कन्क्लेभ २०२१ सम्पन्न (फोटोफिचर सहित)


काठमाडौं, १४ असोज । एबीसी टेलिभिजनको आयोजनामा नेपाल एजुकेसन कन्क्लेभ २०२१ सम्पन्न भएको छ । कोभिड–१९ को महामारीले नेपालको शिक्षा क्षेत्रमा पारेको प्रभाव र अबको गन्तव्य मूल विषयमा केन्द्रित रही आयोजना गरिएको कन्क्लेभमा बोल्दै राष्ट्रिय योजन आयोगका शिक्षा हेर्ने सदस्य डाक्टर पुष्परमण वाग्लेले विश्वस्तरको प्रतिस्पर्धी शिक्षा दिन राज्यले कूल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने खाँचो औंल्याए । युद्धग्रस्त अफगानिस्तानजस्तो मुलुकले समेत शिक्षामा १६/१७ प्रतिशत लगानी गरेको दृष्टान्त दिंदै योजना बनाएर शिक्षामा लगानी गर्नसके मात्र मुलुकको आर्थिक सामाजिक रुपान्तरण सम्भव हुने बताए ।

No description available.

कन्क्लेभलाई सम्बोधन गर्दै शिक्षा सचिव रामप्रसाद थपलियाले कोभिडकालमा विद्यालयहरुमा पठन पाठन सुचारु गर्न प्रविधिमा जोड दिनुपर्ने बताए । उनले पनि सबै वालबालिकाले पढ्न पाउने अबसर दिन शिक्षामा बजेट अपुग भएको भन्दै सरकारले शिक्षामा विनियोजन गरेको १ खर्ब ७८ अर्ब रकम मध्ये १ खर्ब ३० अर्ब वित्तिय हस्तान्तरणबाट ७५३ स्थानीय तहमा जाने बताए । कार्यक्रममा बोल्दै एबीसी मिडिया ग्रुपका अध्यक्ष तथा प्रधान सम्पादक शुभशंकर कँडेलले वालवालिकाहरुको शिक्षाप्रति मिडियाको विशेष जिम्मेवारी रहेको बताउँदै कोभिड–१९ ले समाजका सबै क्षेत्रमा ल्याएको निराशालाई चिर्न आवश्यक रहेको उल्लेख गरे ।

No description available.

यसैगरी एन प्याव्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ को महामारीले कक्षा कोठाभन्दा बाहिर पनि सिकाइ हुँदो रहेछ भन्ने पाठ सिकाएको बताए । कन्क्लेभमा शिक्षाविद मेदिन लामिछानेले विद्यालय शिक्षामा कोभिड–१९ को प्रभाव र अबको बाटो, अर्का शिक्षाविद प्राध्यापक डाक्टर बालचन्द्र लुइँटेलले २१ सौं शताब्दीको शिक्षा र राष्ट्रिय परीक्षा बोर्डका अनुसन्धानप्रमुख डा। रामचन्द्र पाण्डे कोभिड–१९ र मूल्यांकन प्रणलीमा सुधार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । एबीसी टेलिभिजनले कन्क्लेभको मूल अंश प्रत्यक्ष प्रसारण गरेको थियो ।

No description available.
No description available.
No description available.

No description available.
No description available.
No description available.
No description available.
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति