मन्त्रिपरिषद् बैठक स् सिग्देल सचिवमा बढुवा, ५ जनालाई वैदेशिक पदक स्वीकृति

काठमाडौँ, १४ असोज । सरकारले प्राविधिक नेपाल इन्जिनियरिङ सेवातर्फ गोपाल सिग्देललाई सचिवमा बढुवा गरेको छ । तीन पटकसम्म बढुवाका लागि नाम सिफारिस भए पनि बढुवा नभएका सिग्देललाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई सचिवमा बढुवा गरेको हो ।
यसपटक भने वरिष्ठताका आधारमा सिग्देल एक्लैको नाम सिफारिस भएको थियो ।सामान्यतः पहिलो नम्बरमा सिफारिस भएका कर्मचारीलाई सरकारले बढुवा गर्छ । तर, दुई महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरका सिग्देललाई छाडेर दोस्रो नम्बरमा सिफारिस भएका राजेन्द्रप्रसाद खनाललाई सचिवमा बढुवा गरेको थियो । खनाल गत शनिबार सेवा निवृत्त भए । यसपछि लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी संयोजकत्वको बढुवा सिफारिस समितिले सिग्देल एक्लैको नाम बढुवाका लागि सिफारिस गरेको थियो । समितिको सिफारिस अनुसारै मन्त्रिपरिषद्ले सिग्देललाई सचिवमा बढुवा गरेको हो ।

यस्तै, मन्त्रिपरिषद्ले विदेशी पदक प्राप्त गर्ने सूचीमा परेका पाँच नेपालीहरुलाई स्वीकृति दिएको छ । विभिन्न देशले प्रदान गर्ने पदक नेपाली नागरिकले प्राप्त गर्ने भएको अवस्थामा त्यस्तो पदक प्राप्तिका लागि सरकारले स्वीकृति दिनुपर्ने व्यवस्था छ । बैठकले संसदका विभिन्न समितिहरुले दिएका सुझावहरु माथि समेत छलफल गरी प्रस्ताव पारित गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति