काठमाडौं, १४ असोज । प्रमुख विपक्षीको नाराबाजीका बीच महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा संसदमा पेश भएको छ ।प्रतिनिधिसभाको बिहीबार बसेको बैठक शुरु हुनासाथ एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । सभामुख अग्नि सापकोटाले संसद सुचारु गर्न सहयोगका लागि पटकपटक आग्रह गरेका थिए ।तर एमाले सांसदहरुले नाराबाजी कायमै राखेपछि सभामुखले प्रधानमन्त्रीको तर्फबाट महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन पेश गर्न कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिए । उनले प्रतिवेदन पेश गरे लगत्तै संसद बैठक १९ असोजसम्मका लागि स्थगित भएको छ ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसदमा पेश : संसद बैठक १९ असोजसम्मका लागि स्थगित
प्रतिक्रिया