एक्वेडरको कारागार झडपमा एक सय बढी मृत्यु

एक्वेडर, १४ असोज । एक्वेडरको कारागारमा भएको हालसम्मकै अप्रिय घटनामा अहिलेसम्म थाहा भएको तथ्यांकबाट एक सयभन्दा धेरैले ज्यान गुमाएको अधिकारीहरूले बताएका छन्।

मङ्गलवार ग्वायाकइल सहरस्थित जेलमा बन्दी गृहका दुई समूहबीच भएको झडपमा कम्तीमा पाँच जना बन्दीको टाउको काटिएको जनाइएको छ भने अन्यको गोली प्रहार गरेर हत्या गरिएको थियो।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कारागारभित्र झडप गराउनका लागि शक्तिशाली मेक्सिकन लागुऔषध तस्करहरूको गिरोहले निर्देशन दिएको र उक्त गिरोहले हाल एक्वेडरमा काम गरिरहेको बताइएको छ।

जेलको स्थिति डरलाग्दो भएर नियन्त्रणमा लिन ४०० प्रहरी अधिकारी परिचालन गरेको साथै झडप भएका स्थानहरूमा छिर्दै जाँदा थप मृत शरीरहरू फेला परिरहेको उक्त जेलका प्रहरी अधिकारीले अन्तराष्ट्रिय सञ्चार माध्यमलाई बताएका छन् ।

एउटा भवनमा रहेका बन्दीहरूले अर्को भवनसम्म पुग्न घिस्रिएर सानो सुरुङ हुँदै अघि बढेर विपक्षी समूहका सदस्यमाथि आक्रमण गरेको र घटनामा ५० भन्दा बढी कैदीहरू घाइते भएका प्रहरीले जानकारी दिए । एक्वेडरका राष्ट्रपति गीएर्मो लास्सोले देशभरका कारागारहरूमा आपतकालिन अवस्थाको घोषणा गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति