रोनाल्डोले च्याम्पियन्स लिगमा कायम गरे अर्को कीर्तिमान

काठमाडौं, १४ असोज । पोर्चुगिज फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अर्को कीर्तिमान बनाएका छन् । च्याम्पियन्स लिगमा रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेली सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै रोनाल्डोले निर्णायक गोल गरेपछि युनाइटेडले भियारिया माथि २–१ को पुनरागमन जित हात पारेको छ । बुधबार राति भएको समूह एफ अन्तर्गतको खेल खेल्दै रोनाल्डोले च्याम्पियन्स लिगमा १७८औं खेल खेल्दै १७७ खेल खेलेका स्पेनिस गोलकिपर इकर कसियासको कीर्तिमान तोडेका हुन् ।

ओल्डट्राफोर्डका भएको खेलको ५३ औं मिनेटमा पको अल्कासेरलले गोल गर्दै भियारियाललाई अग्रता दिलाएका थिए । तर ७०औं मिनेटमा अलेक्स टेलेसले युनाइटेडका लागि बराबरी गोल फर्काए ।त्यसपछि रोनाल्डोले इन्जुरी टाइमको पाँचौ मिनेटमा विजयी गोल गरे । च्याम्पियन्स लिगमा रोनाल्डोले सर्वाधिक १३६ गोल गरेका छन् ।

योङ ब्वाइजसंग पहिलो खेलमा पराजित भएको युनाइटेडको यो पहिलो जित हो । युनाइटेड दुई खेलबाट तीन अंक जोडेर तेस्रो स्थानमा छ भने समान अंक भएपनि योङ ब्वाइज दोस्रो स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति