काठमाडौं, १४ असोज । नेकपा माओवादी केन्द्रको भातृ संगठन, अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं सम्मेलन आजबाट सुरू हुने भएको छ।नेपाल प्रज्ञा भवन कमलादीमा आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ।सम्मेलन असोज १६ गतेसम्म चल्नेछ। अहिले अखिल क्रान्तिकारीको अध्यक्ष रञ्जित तामाङ छन्।
अब उनी पुन: यो पदमा नदोहोरिने भएका छन्।सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ। अहिलेका उपाध्यक्ष सुरेन्द्र बस्नेतसहित ६ जना आगामी नेतृत्वका लागि आकांक्षी छन्।पञ्चा सिंह, दिपक देवकोटा, तिलक भण्डारी, उत्तम अधिकारी र विजय गौतम अध्यक्षका लागि आकांक्षी छन्।सकेसम्म सहमति नभए चुनावमार्फत् नेतृत्व चयन गर्ने तयारी अखिल क्रान्तिकारीको छ।
प्रतिक्रिया