जापानमा ६.१ म्याग्नीच्युडकाे शक्तिशाली भूकम्प

टोकियो, १३ असोज । जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।


जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।


स्थानीय समयअनुसार बेलुका ५ः३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ ।


भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति