जितिया पर्वले एकता र सद्भाव प्रवर्धन गरेको छ – प्रधानमन्त्री देउवा

काठमाडौं, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्वले विविधताभित्रको एकता र सद्भावलाई प्रवर्धन गर्ने बताएका छन।

प्रधानमन्त्री देउवाले जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गर्दै उनले एकतावद्ध भएर पर्व मनाउन अनुरोध समेत गरेका छन् । जितिया पर्वको अवसरमा देश–विदेशमा रहेर जितिया पर्व मनाउने सबैलाई शुभकामना दिंदै प्रधानमन्त्रीले नेपाली संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको उल्लेख गरेका छन् । त्यसमध्ये जितिया पनि एक भएको उनको भनाइ छ ।

साथै जितिया पर्वले समस्त आमा र सन्ततिबीच माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरेका छन् । उनले यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा सरकार प्रतिबद्ध रहेकोसमेत बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति