एमसीसीबारे एमाले अध्यक्ष ओलीको भनाई – नाइके नै मौन छन, हामी उफ्रेर के हुन्छ ?

काठमाडौं, १२ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी साहायता परियोजना एमसिसी सम्झौता गर्नेहरू सरकारमै रहेको भन्दै यसबारे नबोलेकोमा आफूले प्रश्न उठाएको बताएका छन् । ‘गठबन्धनका नाइके सरकारमा छन्,’ मंगलबार सम्पादकहरूसँगको छलफलमा ओलीले भने, ‘ एउटा प्रधानमन्त्री छन्, अर्को ‘किङमेकर(प्रचण्ड) छन् । यस्तो व्यक्ति भएको सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसी उल्लेख भएन । नआएपछि त्यो कुरा सम्झाएको हुँ ।’ओलीले सरकारले यसमा दृष्टिकोण अघि नसारेकाले आफूहरू मात्रै बोल्नुको औचित्य नहुने बताए । ‘जब सरकारले नै यसमा रुची राखेको छैन भने यस सम्बन्धमा मैले के भनिराख्नुपर्‍यो र ,’ उनले भने, ‘सरकारको दृष्टिकोण नै थाहा नपाइकन ताप्केभन्दा बिँड ताप्ने भन्छन् नि, हामी उफ्रेर के हुन्छ ?’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति