चीनले नेपाली भूमि मिचिएको भन्दै महन्थको पार्टीले गर्‍यो माइतिघरमा प्रदर्शन

काठमाडौं, १२ असार । चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट युवा संघले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ ।
नेपालको ७ जिल्लाको ११ ठाउँमा करीब ४०० वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न तथा अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गर्न, गराउन विरोध प्रदर्शन गरिएको नेताहरूले बताएका छन् । सरकारले बनाएको समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न पनि उनीहरूले माग गरेका छन् । यस्तै उनीहरूले चीनले एमबीबी पढिरहेका विद्यार्थीलाई इन्टर्नसिप नगराई स्वदेश पठाएर बेवारिसे छोड्ने चिनियाँ सरकारको नीतिमा खोट रहेको र यस्तो प्रवृत्ति चीनले सुधार्नुपर्ने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति