काठमाडौँ, १२ असोज । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (२०२१–२०२३) कार्यकालका लागि उपाध्यक्ष पदमा राजेन्द्रकुमार (आरके) शर्माले उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनएका वर्तमान आइसीसी सचिवसमेत रहेका शर्माले १० औं महाधिबेशनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
शर्माले मध्यपूर्व संयोजकको २ बर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गरेका छन्। त्यस्तै आइसीसी सचिव हुँदा गरेको कामबाट विश्वभरका एनआरएनको जित्न सफल भएको उनको दावी छ। ‘मेरो तन, मन र धन सदैव एनआरएन अभियानमा समर्पित गर्न एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु,’ उनले भने।
खाडि मुलुक कतारलाई कार्यथलो बनाएर स्वदेश र विदेशका विभिन्न मुलुकमा व्यवसाय गर्दै आएका शर्मा प्रवासमा रहेका नेपाली व्यवसायीसँगै श्रमिकहरुको हकहितका लागि सक्रिय छन्।
शर्माले एनआरएनएलाई विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा चौतारी बनाउने प्रतिवद्धता जनाए। २१ औं शताब्दी अनुसार प्रविधीमैत्री एनआरएनए बनाउनु पर्ने धारणा उनको छ। ‘आजसम्म एनआरएन अभियानबाट हाँसिल गरेको अनुभव प्रयोग गर्दै थप जिम्मेवारी निर्वाह गर्ने अठोट लिएर अघि बढेको छु। विगतमा जस्तै सहयोग र सुभेच्छासहित यहाँहरुले साथ दिनुहुनेमा म पूर्णरुपमा आशावादी छु,’ उनले भने। उपाध्यक्ष पदमा उम्मेदवारी दिने क्रममा शर्माले आफ्ना ७ बुदे प्रतिवद्धतासमेत सार्वजनिक गरेका छन ।
उपाध्यक्ष पदमा शर्मा छ बुँदे एजेण्डा
१, सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार : वैदेशिक रोजगारमा रहेका मध्यपूर्व, मलेसिया, दक्षिण कोरिया, जापान, अफ्रिका लगायतका देशमा रोजगार गर्ने कामदारका मुद्दा पहिलो प्राथमिकतामा राख्न मेरो उम्मेदवारी हो । आज देशको अर्थतन्त्र धान्ने श्रमिकहरुको सही सम्मान हुन सकेको छैन । देश धान्ने हिरोहरुको मुद्दा एनआरएनको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ । सुरक्षित वैदेशिक रोजगार बनाउन तथा समस्यामा परेकाहरुको सहयोगका लागि सरकारसँगको सहकार्यमा छुट्टै कोष स्थापना गरी पीडितलाई तत्काल सहयोग गर्न र स्वास्थ्य सुरक्षा तथा जनचेतनाका कार्यक्रम संचालन गर्न मेरो उम्मेदवारी हो ।
२, गैरआवासीय नेपाली नागरिकता : सन् २००५देखि एनआरएनए को माग गैरआवासिय नेपाली नागरिकताको निरन्तता अझै टुंङ्गोमा पुगेको छैन । २०७२ को संविधानले गैरआवासिय नागरिकताको हक प्रत्याभुत गरेपनि नागरिकता बिधेयक विचाराधिन छ । कानुन ल्याई कार्यान्वयनमा ल्याउन संघको तर्फबाट लबी गर्न उनको उम्मेदवारी रहेको छत्यसैगरी गैरआवासिय नेपालीहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली ऐन बन्ने प्रकृयामा छ । गैरआवासीय ऐन माग अनुसार ल्याउनका लागि उनको उम्मेदवारी रहेको छ ।
३, रेमिट्यान्सको सही सदुपयोग र लगानी : विदेशबाट पठाएको रेमिट्यान्सको ६० प्रतिशत भन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । देश विकासको रामबाण मानिने रेमिट्यान्सलाई अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा योगदान पुर्याउने वातावरण बनाउनु प्राथमिकता साथै विदेशी लगानी नेपाल भित्र्याउन र विदेशमा रहेका आम एनआरएनहरुको सामुहिक लगानी ल्याउन विशेष जोड र १० अर्बको एनआरएन नेपाल डेभलपमेण्ट फण्डमा विशेषगरी श्रमिक बर्गको लगानी सुनिश्चितताको लागि।
४, स्वदेशमा पर्यटन प्रवद्र्धन र विदेशमा नेपाल चिनाउन : पर्यटकहरुलाई नेपाल भित्राउनका लागि प्रोत्साहन गर्न आवश्यक भूमिका ,पर्यटन सम्बन्धी विशेष दख्खल राखेका गैर आवासीय नेपाली विज्ञहरुलाई समेटेर विशेष कार्यदल गठन गरी एनआरएन अभियान अन्तर्गत नै पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरु संचालन गर्ने साथै एनआरएनए भनेको नेपाल बाहिरको नेपाल हो त्यसैले विदेशमा नेपाल र नेपालीपन झल्काउन पहल गर्ने ।
५, एनआरएनमा सबैको स्वामित्व : एनआरएन धनीहरुको मात्रै संस्था भन्ने भ्रमलाई चिर्दै सम्पुर्ण विदेशमा रहनुभएका नेपालीहरुको साझा संस्थाकारुपमा विकास गर्ने , मध्यपूर्वमा नेपालीलाई समस्या पर्दा होस् वा अफ्रिकामा नेपाली चेली परिबन्दमा पर्दा, चाहे विश्वकै कुनै कुनामा नेपालीले दुख पाउँदा एनआरएन सधै निस्वार्थ रुपमा खट्नु पर्छ त्यसका लागि शर्माको भूमिका अग्रपंक्तिमा रहनेछ उनको दाबी छ । विदेशमा रहेका कलाकार, खेलाडी, स्वास्थ्यकर्मी, विद्यार्थी र विभिन्न पेशाकर्मीको छुट्टै सञ्जाल बनाएर राष्ट्र विकासमा टेवा पुर्याउने कार्यको शुरुवात , भावनात्मक एकतासहितको बलियो संगठन बनाउन पहल ।
६, गोर्खाजको सम्मानित अधिकार : दुईसय वर्ष अगाडिदेखि नेपालीहरुको बिरताको गाथारुपमा चिनिएका गोर्खाजहरु संसारभरि फैलिएका छन् । उहाँको अधिकारको लागि आमरण अनसन तथा आन्दोलन गर्नु परिरहेको छ । उहाँहरुको समान हक र अधिकारको सहभागिता जनाउने
७, राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचान : आजसम्म एनआरएनएले आफ्नो अभियानमा धेरै समय तथा स्रोत साधन मानवीय कार्यमा केन्द्रित गरिरहेको छ । आगामी दिनहरुमा यसका अलावा एनआरएनएको स्रोत साधन राष्ट्र विकासको अभियानमा केन्द्रित गराउन, गैरआवासीय नेपालीहरु विदेशमा दक्षता हासिल गरेका छन् सीपको पहिचान र क्षमता अभिवृद्धी गरेर नेपाली दक्ष तथा विज्ञ नेपालीहरु विदेशमा होइन नेपालमा नै योगदान दिने वातावरण बनाई सम्बृद्ध नेपाल निमार्णका लागि टेवा पुग्ने परियोजनाहरु ल्याउन मैले विशेष पहल गर्ने।
हामी संगको छोटो अन्तर्वार्तामा उनले भने विगतको मेरो भूमिकालाई नजिकबाट समीक्षा गर्नु हुने सम्पूर्ण अग्रज, साथीभाईले मलाई उपाध्यक्ष पदमा बसेर संघलाई अझ बढि योगदान दिन गरेको अनुरोधलाई आत्मसात् गर्दै उपाध्यक्ष पदमा उम्मेदबार दिने निर्णय गरेको हुँ । एनआरएनको यो अभियानलाई थप उचाईमा पुर्याउन सतप्रतिशत प्रतिबद्धत रहेको जानकारी गराउँदछु ।
प्रतिक्रिया