काठमार्डौ, ११ असोज । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार सोमबार विहान साढे ५ बजे खुकुरी प्रहार भएको हो ।घाइते सन्तोष बाबाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जनाएको छ । एसएसपी सिंहका अनुसार विहान शौचालय जाने क्रममा साधुलाई एकजनाले पेटमा खुकुरी हानेका हुन् । घटनामा संलग्नताको आशंकामा १२ जना पक्राउ परेका छन् । उनीहरु घटनामा संलग्न भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
एसएसपी सिंहका अनुसार बाबा शौचालयतर्फ जाँदै थिए । एकजना व्यक्ति आएर उनलाई भने–‘माल निकाल ।’ प्रहरीका अनुसार ती व्यक्तिले ‘माल निकाल’ भनेर गाँजा मागेको थाहा भएको छ । हिन्दी भाषा मात्र बोल्ने सन्तोषले ‘छैन’ भनेपछि ती व्यक्तिले खुकुरी हानेका थिए ।
प्रतिक्रिया