सप्तरी बासीका लागि मैत्री समाजद्वारा राहत हस्तान्तरण


सप्तरी, १० असोज ।नेपाल भारत महिला मैत्री समाजले सप्तरी जिल्लाका बाढीपहिरो पीडित परिवारका लागी राहत सामग्री हस्तान्तरण गरेको छ । आइतबार राजबिराजमा आयोजित एक कार्यक्रमकोबिच भारत सरकारबाट प्राप्त सहयोग मैत्री समाजले करिव एक सय पीडित घरपरिवारलाई पुग्ने राहत सामग्री हस्तान्तरण गरिएको हो ।

सप्तरी जिल्ला बिपद ब्यबस्थापन समितीका अध्यक्ष तथा जिल्ला प्रशासन प्रमुख जनार्दन गौतमलाई महिला मैत्री समाजकि अध्यक्ष तथा संघिय सांसद चन्दा चौधरीले करिव ४२ लाख बराबरको राहत सामग्री पिडित परिवारलाई हस्तान्तरण गरेकि हुन । कार्यक्रमलाई संबोधन गर्दै सांसद चौधरीले राहत बास्तबिक पीडित समक्ष पुग्नु पर्ने आग्रह गरिन ।

त्यस्तै, जिल्ला प्रशासन प्रमुख जनार्दन गौतमले सहयोगका लागि भारत सरकार र महिला मैत्री समाजलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो । सो अबसरमा पीडितहरुको अस्थायी बसोबासका लागि ठूलो टेन्ट-३० वटा , सानो टेन्ट-५५ वटा, मझौला टेन्ट-२५ वटा र प्लाष्टिकको गुन्द्री-२०० वटा लागयतको सामग्री रहेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति