आयस्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था खारेज गर्न एमालेको माग

काठमाडौं, १० असोज । प्रमुख विपक्षी नेकपा एमालेले आयस्रोत नखुलाई लगानी गर्न पाइने बजेटको व्यवस्था खारेजीको माग गरेको छ । एमाले केन्द्रीय कमिटीको आइतबार सकिएको बैठकले आफ्नो विरोधका बीच बलजफ्ती बजेट पास गरेको र त्यसमा आयस्रोत नखुलाई लगानी गर्न पाइने प्रबन्ध गरिएको भन्दै आपत्ति जनाएको छ । यो संविधान र नेपालले गरेका सन्धि तथा अनुबन्धहरु विपरीत भएको एमालेको ठहर छ । बजेटमार्फत गरिएको यो प्रबन्धले नेपाल कुनै पनि बेला कालोसूचीमा पर्न सक्ने भन्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘यसले कालो धनलाई प्रश्रय दिने र वास्तविक लगानीकर्तालाई निरुत्साहित गर्नेछ । यसमा हाम्रो आपत्ति छ र तत्काल फिर्ता लिन माग गरेका छौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति