कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

काठमाडौं, १० असोज । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ।कांग्रेसको १४औं महाधिवेशन तयारी र सरकारी गठबन्धनको बैठकमा पनि सहभागी हुने गरेका खड्कालाई आइतवार कोरोना पुष्टि भएको हो।

राजनीतिक गतिविधिमा निरन्तर सक्रिय खड्काले आफूलाई कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी सामाजिक सञ्जालबाट दिएका छन्। त्यहीकारण अहिले अहिले दैनिक राजनीतिक गतिविधिबाट केही दिनलाई अलग भएको उनले बताएका छन्।

खड्काले आइतबार फेसबुकमार्फत शुक्रबार अपरान्ह ४ बजेदेखि ज्वरो, खोकी सुरु भएपछि आइतबार एन्टिजेन र पिसिआर परीक्षण गर्दा दुवैमा कोरोना पोजेटिभ आएको बताएका छन्। उनले सतर्कता अपनाउँदा अपनाउँदै कोरोना संक्रमित भएको भन्दै असोज ८ गते ४ बजेसम्म आफ्नो सम्पर्कमा आएकालाई सतर्क रहन आग्रह गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति