काङ्ग्रेसको १४ औ महाधिवेशनमा पाल्पाका दुइ पालिकामा निर्वाचन, ७ सर्वसम्मत, एक स्थगित

पाल्‍पा,१० असोज ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पाल्पाका स्थानीय तहमा कांग्रेस पदाधिकारी चयन भएका छन् । जिल्लाका दश स्थानीय तहमध्ये सातवटा पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदा दुइ पालिकामा निर्वाचन भएको छ भने एकवटामा स्थगित भएको छ ।

नेपाली कांग्रेस निस्दी गाउँपालिकाको सभापतिमा पूर्ण बहादुर खाँड, पूर्वखोलामा बिष्णु आचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दिपक थापा, तिनाउँमा प्रेम पाण्डे, वगनाशकालीमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहरा गाउँपालिकामा बिष्णु पोखरेल सर्वसम्मत रूपमा चयन भएका छन् । रिब्दीकोट गाउँपालिकामा मतदानको माध्यमबाट रामचन्द्र पाण्डे निर्वाचित भएका छन् । उनी ९७ मत सहित विजयी बन्दा उनका प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ७ मत प्राप्त गरेका छन् ।

विजयी रामचन्द्र पाण्डे पौडेल निकट मानिन्छन् । यस्तै पाल्पाको रामपुर नगरपालिका नेपाली कांग्रेस सभापतिमा नेत्र प्रसाद भट्टराइ र अर्जुन रेग्मी बीच प्रतिस्पर्धा भएको छ । रामपुरमा मतदान सम्पन्न भएर मतगणना कार्य जारी रहेको छ । यस्तै जिल्ला सदरमुकामको तानसेन नगरपालिकामा उद्घाटन सत्रमात्र सम्पन्न गरेर बन्द सत्र सुरू नहुँदै १४ औं नगर अधिवेशन स्थगित गरिएको छ ।

तानसेनमा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठले कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नगर सभापतिमा सुवर्णमुनी शाक्य समेत उम्मेदवार बन्ने चर्चा चलेको छ । नगर सभापतिमा श्रेष्ठ र शाक्यको दावी छ । यद्यपी शाक्यले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति