एमसीसीलाई संसद्‍मा आएपछि मात्र पार्टीले आधिकारीक धारणा बनाउछ : नेता ठाकुर

काठमाडौं, ९ असोज  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टी (जसपा)विभिन्‍न गुटउपगुटको पार्टी रहेको बताएका छन्। शनिबार जनकपुरधाममा अध्यक्ष ठाकुरले लोसपामा गुट–उपगुट रहेको आरोप निराधार रहेको बताएका हुन । उनले लोसपालाई सानो गुट भन्नेहरुलाई पहिले आफनो घरमा नियाल्न सुझाव दिएका छन् । अध्यक्ष ठाकुरले एमसीसीलाई अहिले हौवा बनाएको बताए । एमसीसीलाई संसद्‍मा आएपछि मात्र पार्टीले आधिकारीक धारणा बनाउने बताए । यद्यपि उनले आफूहरू एमसीसीको विरोधमा नरहेको बताए । उनले सरकारमा सहभागी हुने विषयमा कुनै छलफल नभएको बताए । आइतबार बिहान ११ बजेका लागि डाकिएको लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुरधाम पुगेका हुन् । ठाकुरको प्रमुख आतिथ्यमा हुने बैठकबाट संसदीय दलका नेता चयन गरिने बताइएको छ ।जनता समाजवादी पार्टी (जसपा)का ५५ सांसदमध्ये मात्र १६ सांसद लोसपा रोजेका छन् । जसमध्ये चार सांसद दलका नेताको आकांक्षी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति