काठमाडौं, ९ असोज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टी (जसपा)विभिन्न गुटउपगुटको पार्टी रहेको बताएका छन्। शनिबार जनकपुरधाममा अध्यक्ष ठाकुरले लोसपामा गुट–उपगुट रहेको आरोप निराधार रहेको बताएका हुन । उनले लोसपालाई सानो गुट भन्नेहरुलाई पहिले आफनो घरमा नियाल्न सुझाव दिएका छन् । अध्यक्ष ठाकुरले एमसीसीलाई अहिले हौवा बनाएको बताए । एमसीसीलाई संसद्मा आएपछि मात्र पार्टीले आधिकारीक धारणा बनाउने बताए । यद्यपि उनले आफूहरू एमसीसीको विरोधमा नरहेको बताए । उनले सरकारमा सहभागी हुने विषयमा कुनै छलफल नभएको बताए । आइतबार बिहान ११ बजेका लागि डाकिएको लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुरधाम पुगेका हुन् । ठाकुरको प्रमुख आतिथ्यमा हुने बैठकबाट संसदीय दलका नेता चयन गरिने बताइएको छ ।जनता समाजवादी पार्टी (जसपा)का ५५ सांसदमध्ये मात्र १६ सांसद लोसपा रोजेका छन् । जसमध्ये चार सांसद दलका नेताको आकांक्षी छन् ।
एमसीसीलाई संसद्मा आएपछि मात्र पार्टीले आधिकारीक धारणा बनाउछ : नेता ठाकुर
प्रतिक्रिया