थप ९५३ लाई कोरोना, १३७१ जना संक्रमणमुक्त

काठमाडौं, ९ असोज । पछिल्लो २४ घण्टामा १० हजार ५७९ जनाको कोरोना परीक्षण हुँदा ९५३ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १३ सय ७१ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

यस्तै आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ३११ जना छन् । काठमाडौंमा १९८, लतिपुरमा ७३ र भक्तपुरमा ४० जनालाई संक्रमण पुष्छि भएको छ । हालसम्म नेपालमा ८ लाख ८१ हजार १०५ जनालाई संक्रमण भएको छ जसमा ७ लाख ५९ हजार ८७५ जना निको भएका छन् भने ११ हजार ८७ जनाको मृत्यु भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा २ लाख १६ हजार ७२५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति