नागढुङ्गाबाट ९५ लाख बरामद, दुई जना पक्राउ


काठमाडौं, ९ असोज । प्रहरीले दुई जना भारतीय नागरिकको साथबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँ बरामद गरेको छ । शुक्रबार दिउँसो महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बाहिरबाट आउने सवारीसाधन थानकोटमा चेकजाँचका क्रममा उक्त परिमाणको नेपाली नगद बरामद गरेको हो ।

प्रहरीका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ६६४५ नम्बरको यात्रुवाहक हायस गाडीमा सवार भारतको महाराष्ट्र निवासी २६ वर्षीय सागर मालीको साथबाट ४५ लाख र त्यही ठाउँका १९ वर्षीय कृष्ण अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा श्रोत खुलाउन नसकेपछि प्रभागको टोलीले नगदसहित महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको छ । परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको छ । उक्त अवैध नेपाली रुपैयाँ उनीहरुले कहाँबाट ल्याएको भन्ने खुलिनसकेको बस्नेतले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति