गुल्मीलाई आफ्नो निर्वाचन क्षेत्र बनाउन नसकेकोमा रामकुमारी झाँक्रीको गुनासो

काठमाडौं, ९ असोज । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा गृहजिल्ला गुल्मीबाट लड्ने बताएकी छन्।

नवगठित पार्टी केन्द्रीय सचिवमा चयन भएको भोलिपल्ट शुक्रबार गुल्मी–काठमाडौँ सम्पर्क मञ्च भेला आयोजक कमिटीले काठमाडौंको थापागाउँमा गरेको कार्यक्रममा बोल्दै उनले अब आफ्नो निर्वाचन क्षेत्र गृहजिल्ला गुल्मी नै हुने बताइन्। एमालेबाट समानुपातिक कोटाबाट संघीय सांसद रहेकी उनी विभाजन रोजेपछि अहिले नयाँ दल समाजवादीकी सांसदका रुपमा कायम छिन्।

लामो समयदेखि राजनीतिमा सक्रिय भए पनि गुल्मीलाई मैले कहिल्यै आफ्नो भूगोल बनाउने अवसर पाएको थिइन उनले भनिन्, म जब राजनीतिमा सक्रिय रहँदा गुल्मीलाई नै भूगोल बनाएर अघि बढ्छ।

उनले आफूलाई यसअघि अवसरवादीहरुले सधैँ निषेध गरेकाले गुल्मीलाई आफ्नो निर्वाचन क्षेत्र बनाउन नसकेको गुनासो गरिन्। उनले पार्टीका केन्द्रीय सदस्यहरुलाई जिल्ला ईन्चार्ज बनाउने नियम भए पनि गुल्मीको माटोमा जन्मेर पनि आफूलाई त्यो जिम्मेवारी पूरा गर्ने अवसरबाट केपी ओलीले बञ्चित गरेको उनले बताइन्। उनले गुल्मीमा आफूसँगै हिमाल थापा, श्रीराम महत जस्ता सयौँ युवा नेता पनि निर्वाचन लड्न तयार रहेको बताइन्। दुई–दुई पटक ससंदको हत्या गर्नेसँगको लडाइँमा संविधानको रक्षा गरेर अगाडि बढेको बताउँदै अब निर्वाचनबाट त्यस्ता प्रवृत्तिलाई पराजित गर्ने पनि बताइन्। एमालेका मान्छेहरु अब के भनेर ससंदको निर्वाचनमा भाग लिन्छन्, त्यो हेर्न बाँकी छ, उनले भनिन्, के उनीहरु हामीलाई भोट दिनुस्, ६ महिनामा ससंद विघटन गरेर आउँछौ भन्दै गाउँ जालान्?

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश पोखिन्। संविधानको धज्जी उडाउने केपी ओली कम्पनीको एमालेलाई सांसदको निर्वाचनमा मत माग्ने नैतिक अधिकार छैनु, उनले भनिन्।उनले माधव नेपाललाई बोकेर विद्रो गर्न लगाउने नेताहरु सबैभन्दा अवसरवादी भएको बताइन्। माधव नेपाललाई बोकेर विद्रोह गर्न लगाउने १० जना नेताहरु सबैभन्दा बढी अवसरवादी हुन्, उनले थपिन्।विचार र सिद्धान्तबिनाको चिन्हले निर्वाचन जित्ने दाउमा रहेका अवसरवादीलाई आगामी निर्वाचनमा जनताले देखाइदिने उनको दाबी थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति