पदाधिकारी बैठकको निर्णयप्रति शेखर र गगनको आपत्ति

काठमाडौं, ९ असोज । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले १४ औं महाधिवेशनका सन्दर्भमा पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले गरेको निर्णयप्रति आपत्ति जनाएका छन् । शुक्रबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा असोज ९ गते ६४ जिल्लामा पालिका अधिवेशन गर्ने र दसैँअघि २१ जिल्लामा मात्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

उक्त निर्णयबारे नेता कोइरालाले समाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन् । उनले वडा अधिवेशन सकिएका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि जिल्ला अधिवेशन गर्नुको कारण माग गरे ।

‘नेपाली काँग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नु पर्नुको कारण के हो रु,’ उनको प्रश्न छ, ‘सँगैको जिल्लामा गर्ने र छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ रु’

उनले अगाडि लेखेका छन्, ‘पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पायो भन्ने सुन्नमा आए छ । महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरूलाई कसले दियो रु’

शुक्रबारको निर्णयले पदाधिकारी र पूर्व पदाधिकारीहरुले नै महाधिवेशन नचाहेको संकेत देखिएको उनको आरोप छ । क्रियाशील सदस्यता विवाद भनिएका १३ जिल्लाको समस्या किन समाधान नभएको भनेर प्रश्न उठाएका छन् ।

कोइरालाले भने, ‘क्रियाशील सदस्यतामा अझै कति धाँधली गर्ने प्रयास भइरहेको छ रु’ यस्तै केन्द्रीय सदस्य नेता गगन थापाले पनि पदाधिकारी तथा पूर्व पदाधिकारीले अधिवेशन मिति सारेकोमा असन्तुष्टि जनाए ।

उनले भने, ‘कति सजिलै सर्छ अधिवेशनको मिति १ १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन। कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, बेथितिको जिम्मा लिनै नपर्ने ?’ उनले ट्विटरमा लेखेका छन् ।

नेताले आदेश दिए पुग्ने र कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने भन्दै थापाले आक्रोश प्रकट गरेका छन् । ​थापाले भने, ‘अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने रु सोचौं। ’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board