फिस्टो मार्न गुलेली नै काफी ,किन मेसिनगन चलाउने – किराती

काठमाडौं, ९ असोज । नेकपा माओवादी केन्द्रका युवा नेता एवं सांसद सुदन किरातीले रामबहादुर थापा ‘बादल’ सँग निर्वाचन लड्न आफू काफी भएको दावी गरेका छन् ।नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले चितवनमा प्रचण्डसँग चुनाव लड्न तयार भएको बताएपछि त्यसको जवाफमा प्रतिक्रिया दिएका छन् ।बादलको भनाइप्रति टिप्पणी गर्दै किरातीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ फिस्टो मार्न किन मेसिनगन प्रयोग गर्ने गुलेली मटेङग्रा नै काफी , सुदन किराती vs राम बहादुर थापा ।’सुदन भोजपुबाट दुईपटक प्रत्यक्ष निर्वाचित भइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति